Comments Add Comment

नेकपाका तीन दस्ताबेज (पूर्ण पाठसहित)

१५ माघ, काठमाडौं । राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरु भएको नेकपा केन्द्रीय कमिटीको बैठकमा तीवटा लिखित दस्तावेजहरु प्रस्तुत भएका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा अन्तरािष्ट्रय परिस्थिति, राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा, सरकारका कामहरुको समीक्षा, उपनिर्वाचनको समीक्षा र पार्टीका आगामी कार्यक्रमहरुको रुपरेखासमेत गरी ६ वटा बुँदाहरु समेटिएका छन् ।

प्रचण्डको प्रतिवेदनमा सरकारले गरेका राम्रा कामहरु मात्र नभएर गर्न नसकेका कामहरु पनि विभिन्न ६ वटा बुँदामा उल्लेख गरिएका छन् । संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण ऐनहरु अझै बन्न नसकेका, निजामति ऐन र नागरिकता ऐन बन्न नसकेको, विधेयक मस्यौदा तयार गर्दा सरकारले सरोकारवालाहरुको राय सल्लाह लिन जरुरी रहेको, संवैधानिक राजनीतिक नियुक्तिहरुमा ढिलाइ भएको, सुशासन र भ्रष्टाचार नियन्त्रणमा खास प्रगतिको अनुभूति हुन नसकेको, ठूला पूर्वाधार निर्माण परियोजनाहरुमा सरकारको ध्यान जान नसकेको र लोकप्रिय बजेट ल्याउन तयारी गर्नुपर्ने स्थिति रहेको जस्ता निश्कर्षहरु प्रस्तुत गरिएका छन् ।

त्यसैगरी उपनिर्वाचनको परिणामले पार्टीमा केही गम्भीर प्रश्न र शिक्षा दिएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष प्रचण्डले आगामी फागुन १ देखि असार मसान्त सम्मका लागि तीन महिने राष्ट्रिय अभियानको प्रस्ताव गरेका छन् । ०७७ चैत २५ देखि ३० गतेसम्म नेकपाको महाधिवशेन गर्ने प्रचण्डको प्रस्ताव छ ।

महासचिव पौडेलको प्रतिवदेनमा पार्टी एकीकरणको प्रक्रिया कहाँसम्म पुग्यो र केके गर्न बाँकी छ भन्ने विवरण उल्लेख छ । साथै पार्टीलाई विधि र प्रक्रिया अनुसार अनुशासित ढंगबाट अगाडि बढाउन जरुरी रहेको महासचिवको प्रतिवेदनमा औंल्याइएको छ ।

हेर्नुहोस् राजनीतिक प्रतिवेदन

हेर्नुहोस् संगठनात्मक प्रतिवेदन

हेर्नुहोस् विधान संशोधन प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment