Comments Add Comment

लेखा समिति सभापतिले नेपाल ट्रस्टका सहसचिवलाई हप्काए, भने : कानुन पढेर आउनुस्

फाइल तस्वीर ।

१६ माघ, काठमाडौं । बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दरवारमार्ग, गोकर्ण, पोखरा र चितवनस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिएको सम्बन्धमा छलफल गर्‍यो ।

छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी र नेपाल ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीलाई बोलाइएको थियो । छ्लफलमा सांसदहरुले दरवारमार्गको जग्गा कम मूल्यांकन गरि भाडामा दिएको, गोकर्ण रिसोर्टको सम्झौता ६ वर्षअघि नै नवीकरण भएको सम्बन्धमा प्रश्न राखेका थिए ।

जवाफमा नेपाल ट्रस्टका सहसचिव ज्ञवालीले ‘माननीयहरुले पास गरेको कानुनमै टेकेर निर्णय गरेका हौं’ भन्नासाथ लेखा समिति सभापति भरतकुमार शाह जङ्गिए । उनले सहसचिवलाई कानुन पढेर आउनू भन्‍दै हप्काए । ‘तपाईं जे मनमा आयो, त्यसै नबोल्नुहोस, कानुन पढेर मात्र लेखा समितिमा आउनुस्’, उनले भने ।

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले उठाएको विषयमा अन्तिम निर्णय गर्ने निकाय लेखा समिति र संसद भएको भन्दै उनले सचेत गराए । सहसचिव ज्ञवालीले दरवारमार्ग जग्गाको विषयमा अख्तियार, उच्च अदालतबाट समेत नेपाल ट्रस्टको पक्षमा आएको भन्दै लिज कानुनमै समस्या रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment