Comments Add Comment

खानपान शैली : दिनमा कतिपटक खाने ?

सामान्यतया हामी दिनमा तीन पटक खाने गछौर्ं,  बिहान, दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा ।

तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पुर्‍याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिगि्रने गर्छ ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक-पटक गरेर थोरै-थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

तौल घटाउन

डाइबिटिजमा रोगीहरुले दिनमा ३ पटक मात्र नभएर ५-६ पटक थोरै थोरै खानेकुरा खाने गर्नुपर्छ । यसबाट शरीरको क्यालोरी बर्न हुन्छ र रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा रहन्छ ।

यदि तपाईं आफ्नो वजन क मगर्न चाहनुहुन्छ भने पनि दैनिक पटक-पटक खानेकुरा खानु आवश्यक छ ताकि तपाईंको मेटाबोलिज्म स्थिर रहोस र क्यालोरी बर्न भइरहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment