+
+
Shares

गलाबाट सुनको सिक्री लुट्ने दुई जना पक्राउ    

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १५:१२

१६ माघ, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेका एक व्यक्तिको गलामा लगाएको सुनको सिक्री लुट्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लम्जुङ्गको सुन्दरवजार नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका- २६ मित्रनगर वस्ने २७ वर्षीय मन वहादुर घर्ती र मकवानपुरको मनहरी गाउँपालिका-३ घर भई बालाजु बस्ने ३१ वर्षीय सुविना राई रहेका छन् ।

काठमाडौं महानगरपालिका- २६ नयाँ बसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा घर्ती र राईले वाग्लुङ्गको वरेङ गाउँपालिका-२ का २४ वर्षीय प्रकाश दर्जीले लगाएको साढे १ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सुनको सिक्री लुट्ने क्रममा घर्ती र राईले दर्जीलाई हातपात गर्नुका साथै लछारपछार समेत गरेको प्रहरीले जनाएको छ ।

लुटिएको सुनको सिक्रीसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?