Comments Add Comment

रसुवाको लाङटाङमा प्रभु बैंकको शाखा

१६ माघ, काठमाडौं । प्रभु बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा २०६औं लाङटाङ–केन्जिङमा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको उक्त शाखा कार्यालयको उद्धघाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रशिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङ्गे लामाले गरे।

उद्धघाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

बैंकको लाङटाङ शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा प्रवाह हुने भएकाले यहाँका बासिन्दा, सर्वसाधारण, कम्पनी तथा संघ–संस्थाले बैंकको गुणस्तरीय सेवा पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment