Comments Add Comment

अस्ट्रेलियाका वैज्ञानिकले कोरोना भाइरसको ‘नक्कल’ बनाए, उपचारमा सहयोग पुग्ने अपेक्षा

१५ माघ, काठमाडौं । अस्ट्रेलियाका केही वैज्ञानिकहरूले आफूहरूले विश्वभरि त्रासका रूपमा फैलिरहेको कोरोना भाइरस नामक जीवाणुको नक्कल (कपी) बनाएको दाबी गर्दै यसबाट रोगको पहिचान र उपचारमा सहयोग पुग्न सक्ने अपेक्षा गरेका छन् ।

कोरोना भाइरस उत्पत्ति भएको मुलुक चिनभन्दा बाहिर यसरी उक्त भाइरसको कपी गरिएको यो पहिलोपटक भएकाले वैज्ञानिकहरूले यसलाई ‘महत्वपूर्ण उपलब्धि’ बनेका छन् । यस विषयमा विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिइने र सङ्गठनले थप अध्ययनमा सघाउने वैज्ञानिकहरूको विश्वास छ ।

विशेषतः यस नक्कलको अध्ययनले लक्षण देखिनुभन्दा अगाडि नै मानिसमा परीक्षण गर्दा सङ्क्रमण भएको छ कि छैन भन्ने छुट्याउन मिल्ने प्रविधि विकास गर्न सक्ने अपेक्षा गरिएको छ । साथै उपचारका लागि सम्भाव्य खोप विकास गर्न पनि यसले सहयोग गर्न सक्छ ।

पिटर डोहेर्टी इनस्टिच्युट फर इन्फेक्सन यान्ड इम्प्युनिटीका डा. माइक क्याटनका अनुसार यस्तै कुनै नयाँ जीवाणु उत्पत्ति भयो भने नक्कल गर्ने भनेर उनीहरूले पहिलै बनाएको योजना अनुसार यो अध्ययन गरिएको हो ।

चीनमा कोरोना भाइरसको महामारी फैलिँदा १३२ जनाको मृत्यु भइसकेको छ भने छ हजारभन्दा बढी पीडित छन् । विश्वभरका १६ अन्य देशमा यसको सङ्क्रमण फैलिएको पुष्टि भएपछि चीन बाहिर कसैको पनि ज्यान गुमेको छैन ।

(एजेन्सीकाे सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment