Comments Add Comment

तराईमा बढ्यो घरजग्गाको कारोबार, समग्रमा सुस्तायो

१६ माघ, काठमाडौं । देशभर घरजग्गा कारोबार सुस्ताउादा तराईका केहि क्षेत्रहरुमा भने बढेको छ । समग्रमा करिब ५ प्रतिशतले घरजग्गको कारोबार घटेको छ भने जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर-जग्गा कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबार बारे गरेको अध्ययनले गत वर्ष घरजग्गा रजिष्ट्रेशन संख्यामा ४.७ प्रतिशतले कमी आएको छ । घरजग्गाको कारोबार घटे पनि राजश्व संकलन भनेे बढेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन बापतको राजस्व ६.१ प्रतिशतले वृद्धि भई २१ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो राजस्व २.० प्रतिशतले वृद्धि भएको थियो ।
यस अवधिमा घर/भवन नक्सा पास संख्या ८.२ प्रतिशतले घटेको छ । गत वर्ष घर/भवन नक्सा पास संख्या ४६.३ प्रतिशतले बढेको थियो ।

समग्र क्षेत्रमा घरजग्गा कारोकार सुस्ताए पनि जनकपुर, नेपालगन्ज र धनगढी क्षेत्रमा घर-जग्गा रजिष्ट्रेशन संख्या वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।

त्यसैगरी, काठमाडौं र विराटनगर क्षेत्रमा घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व घटेको छ भने अन्य क्षेत्रमा बढेकोछ । जनकपुर र धनगढी क्षेत्रमा घर/भवन नक्सा पास संख्या वृद्धि भएको छ भने अन्य क्षेत्रमा ह्रास आएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment