+
+
Shares

बंगलादेशीको हत्या आरोपी मिया पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते ८:५३

१६ माघ, काठमाडौं । बंगलादेशी नागरिक अहमद मोहिउद्दीन अहमदको हत्या आरोपी १ जना पक्राउ परेका छन् ।

अहमदको हत्या गरी फरार रहेको भनिएका दुला मियालाई नेपाल–भारत सीमा काँकडभिट्टाबाट नेपाल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई गएराति नै काठमाडौंतर्फ ल्याइएको छ ।

नेपाल प्रहरीका एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलन गरेर बंगलादेशी नागरिक हत्यामा संलग्न व्यक्ति सार्वजनिक गर्ने तयारी भइरहेको अनलाइनखबरलाई बताए ।

पेसाले ट्राभल एजेन्सी सञ्चालक अहमद ६ माघमा बंगलादेशी साथी मियासँगै नेपाल आएका थिए । अहमद र दुला मियाले सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठा बुक गरेका थिए ।

तर त्यहीँ अहमदकाे हत्या भएको थियो । घटनाको १ दिनपछि यसबारे अनुसन्धान थालेको प्रहरी हत्या आरोपित मियालाई नियन्त्रणमा लिन सफल भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?