Comments Add Comment

नेकपा भइसकियो, फ्याट्ट एमाले भनिन्छ !

१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कतिपय काममा एमालेजस्तो भइएको स्वीकार गरेका छन् । अब राष्ट्र निर्माणको मूल्यमा त्यसलाई बिर्सदै जानुपर्ने नेकपा अध्यक्ष ओलीको भनाइ छ ।

बुधबार राष्ट्रिय सभागृहमा सुरु भएको नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘कहिले–कहिले बोल्दाखेरि मैले नेकपा नभनेर एमाले भनिराख्या हुन्छु । पृष्ठभूमिले तानेको । बोल्ने बानी परेको, बोल्दै जाँदाखेरि फ्याट्ट एमाले भनिन्छ, अनि सम्झिँदाखेरि त ए हामी त नेकपा भइसकियो !’

अध्यक्ष ओलीले भने, ‘डेढ वर्ष भइसक्यो नेकपा भाको, एमाले भन्ने घरिघरि आउँछ, त्यो पृष्ठभूमिले हो ।’

एमाले भन्ने बोलाइमा मात्र नभएर कहिलेकाहीँ काममा समेत देखिने गरेको प्रधानमन्त्री ओलीले स्वीकार गरे । बैठकको सुरुमा लामो सम्वोधन गरेका अध्यक्ष ओलीले भने, ‘त्यो (एमाले) बोलाइमा मात्रै होइन, कहिले–कहिले काममा पनि त्यस्ता आउलान् । तर, त्यसलाई अब हामीले राष्ट्र निर्माणको कस्टमा चाहिँ छोड्दै जानुपर्छ । त्यसलाई बिर्सँदै जानुपर्छ र हामीले फराकिलो भावनाका साथ एकतावद्ध भएर अगाडि जानुपर्छ ।’

एकता प्रक्रियालाई टुंग्याउने कुरामा अलिकति विलम्ब भएको स्वीकार गर्दै प्रधानान्त्री ओलीले यसमा नेतृत्व गम्भीर रहेको बताए । पूर्वएमाले र पूर्वमाओवादीको पृष्ठभूमि अहिलकति समयसम्म जान सक्ने उनले विश्लेषण गरे । प्रधानमन्त्री ओलीले भने, ‘अलिकति समयसम्म यो पृष्ठभूमिले अलिअलि तान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment