Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’को ‘कसम’ गीत रिलिज

फागुणको २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश तेश्रो गीत ‘कसम कसम’ सार्वजनिक भएको छ । सुगम पोखरेलको स्वर रहेको यो गीतमा दिनेशराज पुरीको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु नायक पल शाह, नायिका पूजा शर्मा र मोडल एलिसा शर्माको नृत्य हेर्न सकिन्छ । अघिल्ला २ गीत ‘तिम्रो घरको वरिपरी र दुःखको काँडा’ हिट भैसकेपछि यसको टिमले ‘कसम’ गीत सार्वजनिक गरेको हो ।

पूजा शर्मा र सुदर्शन थापाको लगानीमा बनेको यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा जन्म जय र सम्पाङ राई सह–निर्माताको रुपमा छन् ।

चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन छ ।

यो गीतको कोरियोग्राफीमा कोरियोग्राफर रामजी लामिछानेले खुबै मिहिनेत गरेका छन् । अघिल्ला २ गीत भन्दा यो गीत भिन्न छ । सांगीतिक लभ स्टोरी यो चलचित्रले उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment