Comments Add Comment

चीनबाट नेपाली विद्यार्थीको उद्धार गर्न छलफल भइरहेको छ : स्वास्थ्य मन्त्रालय

१६ माघ, काठमाडौं । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए ।

उनका अनुसार ती विद्यार्थीलाई नेपाल ल्याएपछि अस्पतालको आइसोलेसन वार्ड (अरुसँग सम्पर्क नहुने वार्ड) मा राख्नुपर्छ । यद्पी उनीहरुमा अहिलेसम्म संक्रमण भने भएको छैन । प्रवक्ता श्रेष्ठले भने, ‘कोरोनाको सर्ने अवधि २ देखि १४ दिनसम्म रहने भएकाले उनीहरुलाई छुट्टै राख्नुपर्छ । त्यसैको तयारीको लागि छलफल भइरहेको छ ।’

कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका १५ देशमा देखिएको छ । सबैभन्दा बढी प्रभावित चीनमा हालसम्म यो भाइरसका कारण १७० जनाको ज्यान गइसकेको छ भने ७ हजार ७ सय ११ जना संक्रमित भएका छन् ।

भाइरसको संक्रमण चीनपछि सबैभन्दा बढी थाइल्यान्डमा भेटिएको छ । थाइल्यान्डका १४ जनामा यो भाइरसको संक्रमण भेटिएको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment