+
+
Shares

सैनामैनामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १६ गते १९:३४

१६ माघ, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा दोस्रो संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड तथा नगरस्तरीय खेलकुद सप्ताह सुरु भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित सैनामैना–१० सालझण्डी पानबारीमा सञ्चालित प्रतियोगिताको पहिलो दिन एथलेक्टिसको पन्ध्र सय मिटर दौडमा छात्रतर्फ पशुपति माविका ज्ञान सुन्दौली प्रथम, सुनगाभा पब्लिक स्कुलका केशव श्रेष्ठ दोस्रो र प्रभात इङ्गलिस् बोर्डिङ्ग स्कुलका विरेन्द्र पुन तेस्रो भएका छन् ।

त्यस्तै सटपुटमा छात्रतर्फ पशुपति माविका विक्रम थारु प्रथम, सैनामैना माविका खेम नारायण थारु द्वितीय र दुर्गा भवानी माविका साजन बहादुर पौडेल तृतीय भएका छन् ।

कक्षा ६ देखि १० सम्मको सटफूट खेल छात्रातर्फ ग्यालेक्सि इङ्गलिस् बोर्डिङ्गकी स्मृति श्रीस प्रथम, सालझण्डी माविकी खोज कुमारी पुन द्वितीय र सुनगाभा पब्लिक स्कूलकी रेश्मा सुनार तृतीय भए ।

यसैगरी छात्रतर्फ नव प्रभात इङ्गलिस् स्कुलका सुरज थापा प्रथम, सिद्धार्थ मेमोरियल एकेडेमी बोडिङ स्कुलका रोहित रेश्मी द्वितीय र सालझण्डी माविका महाविर सिंजाली तृतीय भए ।

सैनामैना नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सैनामैनाका १८ वटा सामुदायिक र १८ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

सहभागी मध्ये उत्कृष्ट खेलाडीहरुले जिल्ला स्तरमा र त्यसपछि प्रदेशमा सहभागिता पाउने नगरपालिकाका खेलकुद शाखा प्रमुख हेमराज अर्यालले बताए ।

प्रतियोगिताको प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।

सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले स्थानिय स्तरमा रहेका खेल प्रतिभाको उजागर गर्न र खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद सप्ताहलाई निरन्तरता दिइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?