Comments Add Comment

नेकपा बैठकमा समूहगत छलफलका सुझाव प्रस्तुत हुँदै

१७ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा उठेका विषय टोली नेताहरुले शुक्रबार प्रस्तुत गर्दैछन् । राष्ट्रियसभागृहमा जारी केन्द्रीय कमिटी बैठकमा १५ वटा टोली नेताले रिपोर्टिङ गर्नेछन् ।

यसअघि बिहीबार समूहगत छलफल नटुंगिएपछि कतिपय समूहको छलफल शुक्रबार पनि चलेको छ । समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा पेश गरेपछि अन्य विषयमा छलफल हुने बताइएको छ ।

नेकपा बैठकमा एमसीसी एजेण्डा नरहे पनि अधिकांश सदस्यले यसबारेमा बिभिन्न प्रश्न उठाएपछि विज्ञ सम्मिलित अध्ययन कार्यदल गठन गरेर टुंगो लगाउन सुझाव दिइएको छ । बैठकले छोटो समय दिएर अध्ययन कार्यदल बनाउने सम्भावना रहेको बताइएको छ ।

केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र गुनासाका जवाफ अध्यक्षले दिनेछन् । बैठक शुरुवातको दिन उपस्थित भएर २ घण्टा सम्बोधन गरेका प्रधानमन्त्री तथा अध्यक्ष ओली भने अबका बैठकमा सहभागी नहुने सम्भावना छ ।

माघ १५ बाट सुरु भएको नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म चल्नेछ । बैठकले पार्टीको महाधिवेशनको मिति तोक्नेछ भने पोलिटव्यूरो कमिटी गठनका लागि पनि समूहगत छलफलबाट सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment