+
+
Shares

कोरोनामाथि डब्ल्युएचओको वैश्विक संकट घोषणाले चीनलाई झड्का ?

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १३:३४

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसलाई वैश्विक संकट घोषित गरेको छ । हाल सम्म चीनमा १ सय ७० जना मानिसको यही भाइरसका कारण मृत्यु भैसकेको छ ।

अहिलेसम्म १८ वटा देशहरुमा कोरोना भाइरस फैलिसकेको छ । यो भाइरुसको सुरुवात चीनको वुहान शहरको एउटा अवैध वाइल्ड लाइफ मार्केटबाट भएको थियो । चीन बाहेक संसारका भिन्दा-भिन्दै देशहरुमा कोरोना भाइरसको अन्य  १०० वटा केशहरु पाइएको छ । यो भाइरसका कारण चीनको भ्रमण तय गरेका पर्यटकहरुले आफ्नो भ्रमण रद्द गरिरहेका छन् भने यस भाइरसको कारण संसारभरी चीनप्रति नकारात्मक छवि बन्न थालेको छ । यो भाइरसको डरले फेस मास्कको पनि माग बढेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडहेनाम गेब्रीयेसोसले जेनेभामा एउटा न्यूज कन्फरेन्समा कोरोना भाइरसको सामना गर्नका लागि चीनले देखाएको सक्रियताको प्रशंसा गरे, तर उनले यो भाइरस अन्य देशहरुमा पनि फैलन सक्ने कुराप्रति चिन्ता पनि प्रकट गरे ।

उनले भने-‘वैश्विक संकट केवल चीनका लागि मात्र घोषित गरिएको होइन । वैश्विक संकट अन्य देशहरुमा पनि कोरोना भाइरस फैलिएको कारण गरिएको हो । हाम्रो चिन्ताको विषय के हो भने जुन जुन देशमा कोरोना भाइरस फैलिएको छ, त्यहाँको स्वास्थ्य प्रणाली अति नै खराब छ ।’

डब्ल्यूएचओको यस्तो निर्णयले सबै देशहरुबीच कोरोना भाइरससंग सम्बन्धित सुचनाहरु आदान-प्रदानप्रति कठोरता अपनाइन्छ । यसले चीनको लागि समस्या उत्पन्न हुन सक्छ ।

चीन भन्दा बाहिर पनि यो भाइरस एक व्यक्तिबाट अर्को  व्यक्तिमा फैलने आशंकाले विशेषज्ञहरु चिन्तित छन् । अमेरिका र इटालीमा पनि कोरोना भाइरसका केशहरु देखा परेका छन् । व्यवसायीहरुका अनुसार डब्ल्यूएचओले चीन आउने-जानेमा रोक लगाएका छैनन् । एयर फ्रान्स, अमेरीकन एयरलायन्स र बि्रटिश एयरवेजले चीनमा आफ्ना उडान बन्द गरिदिएका छन् ।  यसकारण चीनले ठुलो आर्थिक नोक्सान भोग्नु परेको छ ।

चीनमा  मल्टिनेशनल कम्पनिहरुले पनि कोरोना भाइरसका कारण आफ्नो व्यवसाय बन्द गरिरहेका छन् । अल्फाबेट इन्क गूगल र स्वीडन आइकेइएले पनि चीनमा आफ्नो अपरेशन बन्द गरेको छ । वुहानमा म्यान्मारका ६० जना विधार्थिहरु फसेका छन् । यी ६० छात्रा मध्ये एक जना सी थु तुनले अनलाइन न्यूज पोर्टल डेमोक्रेटिक भाइस अफ बर्मासंग भने-‘प्रायः सबै पसलहरु बन्द छन् । हामी खानका लागि बाहिर गएर केही किन्न पनि सक्दैनौ । अब मसंग एउटा आलु, तीन वटा नूडल्सको प्याकेट र थोरै चामल मात्र बचेको छ ।’

संयुक्त राष्ट्रले डब्ल्युएचओले २००५ मा वैश्विक स्तरमा यस प्रकारको हेल्थ इमजेन्सी घोषित गर्ने अधिकार दिएको थियो । त्यसपछि वैश्विक स्तरमा हेल्थ इमजेन्सि घोषित गरिएको यो छैठौ पटक हो । डब्ल्युएचओले चीन आउन-जानका लागि रोक लगाएको छैन । यदि कुनै देशले चीनसंगको सीमा बन्द गर्‍यो भने डब्ल्युएचओले त्यसको विरोध गर्ने बताएका छ । तर डब्ल्युएचओले रुसको नाम भने लिएन, जबकि रुसले आफ्ना सीमाको विभिन्न भागहरु बन्द गरेको छ भने चीनका जनताहरुका भिजा पनि रद्द गरेको छ ।

डब्ल्युएचओको यस्तो निर्णयले टुरिजम इन्डस्ट्री प्रभावित हुने कुरा भैरहेको छ । मानिस चीन जानलाई बन्देज गर्न थालेका छन् । जापानले पनि वुहानबाट आफ्नो उडान बन्द गरिदिएको छ । चीनले आफु कोरोना भाइरसको सामना गर्न सक्षम भएको र लगातार यसमा नियन्त्रण पाउने कोशिश गरिरहेको बताएको छ ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?