Comments Add Comment

‘परदेशी २’मा प्रकाश सपुतको जोडी वर्षा

चलचित्र ‘परदेशी २’को छायांकन केही दिनमा सुरु हुँदैछ । नारायण रायमाझीको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन फागुणको दोश्रो साताबाट सुरु हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा लोकगायक प्रकाश सपुतले काम गर्दैछन् । प्रकाशले चलचित्रको कथा मन परेपछि आफूले काम गर्न लागेको जानकारी दिइसकेका छन् ।

यसको निर्माणपक्ष लामो समयदेखि नायिकाको खोजीमा थियो । अब भने निर्देशक रायमाझीले नायिकाको रुपमा वर्षा सिवाकोटीलाई फाइनल गरेका छन् । वर्षा र यसको टिमविच संझौता भएको श्रोतले जानकारी दियो ।

यो बिषयमा नायिका सिवाकोटीले केही पनि बताउन चाहिनन् । उनले भनिन्–‘चलचित्रको बिषयमा कुरा भएको हो । तर, केही पनि फाइनल छैन ।’

चलचित्र ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पीडा भन्छ । यो चलचित्रको केही दृश्यको छायांकन अमेरिकामा भैरहेको वुझिएको छ । वर्षा चलचित्रमा जोडिएको बिषयमा यसको निर्माणपक्षले पनि केही बताएको छैन ।

चलचित्रका लागि अर्की एक जना नायिकाको खोजी पनि भैरहेको वुझिएको छ । चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका थियो । यसको सिरिजमा भने प्रकाश सपुत र वर्षा सिवाकोटीले काम गर्दैछन् ।

नायिका सिवाकोटीको व्यस्तता अहिले खुबै बढेको छ । हालै, ‘चालबाज’को छायांकन सकाएकी वर्षाले रमेश वुढाथोकीको निर्देशनमा बन्ने चलचित्र ‘सुदुर’मा पनि काम गर्दैछिन् । उनले ‘सुदुर’ अगाडि चलचित्र ‘परदेशी २’को छायांकन सक्ने योजना बनाएको वुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment