Comments Add Comment

नेपालको वैदेशिक व्यापार घट्यो, निर्यातमा भने सुधार

१७ माघ, काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो ।

पुस महिनाको अन्त्यसम्म ६ खर्ब ९४ अर्ब ६९ करोडको बस्तु आयत गर्दा ५७ अर्ब २७ करोड ९७ लाख बराबरको बस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा निर्याततर्फ २६.१३ प्रतिशतको सुधार आउँदा आयत भने ४.०४ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
गत वर्ष सोही अवधिमा ७ खर्ब २३ अर्ब ९३ करोडको आयत गर्दा ४५ अर्ब ४१ करोड २४ लाखको बस्तु निर्यात नेपालले गरेको थियो ।

गत वर्षको तुलनमा वैदेशिक व्यपार घाटामा ६.०६ प्रतिशतको सुधार आएको पनि विवरणमा उल्लेख छ । समीक्ष अवधिमा मुलुकको व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड पुगेको छ । गत वर्ष व्यापार घाटा ६ खर्ब ७८ अर्ब ५२ करोडभन्दा धेरै थियो । विभागकाअनुसार गत वर्षभन्दा आयत निर्यात अनुपात २३.९१ प्रतिशतको सुधार आएको छ ।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ प्रतिशत रहँदा निर्यात हिस्सा ७.६ प्रतिशत देखिएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा नेपालले १४३ मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सबैभन्दा ठूलो व्यापारीक साझेदार मुलुक भारत नै छ ।

चालु आर्थिक वर्षको ६ महिनामा भारतबाट ४ खर्ख २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको आयात हुँदा ४० अर्ब १४ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भारतसँग ३ खर्ब ८३ अर्ब ६९ करोड रुपैयाँ बराबरको व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांक छ ।

यस्तै चीनबाट एक खर्ब १८ अर्ब २५ करोड रुपैयाँको आयात हुँदा एक अर्ब एक करोड ६५ लाख रुपैयाँ बराबरको मात्र बस्तु निर्यात भएको छ ।त्यसबाहेक इन्डोनेसिया, यूएइ, अमेरिका, क्यानडा, स्वीट्रल्याण्ड, दक्षिण अफ्रिका, थाइल्याण्ड जस्ता मुलुकबाट बढी वैदेशिक व्यापार हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment