Comments Add Comment

कोरोना भाइरस प्रभावित वुहानका नेपालीलाई स्वदेश फर्काउन कांग्रेसको माग

१७ माघ, काठमाडौं । कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी भएको बताइएको छ ।

उनीहरुलाई नेपाल फर्काएर स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने अवधिभर अलग्गै राख्ने शिविरको समेत प्रवन्ध गर्न सभापति देउवाले विज्ञप्तिमार्फत माग गरेका छन् ।

अन्य देशले आफ्ना नागरिक वुहानबाट फर्काइसकेको र कोरोनाबाट बच्न उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सभापति देवाउले भाइरस फैलिन नदिन युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न सरकारसँग मागसमेत गरेका छन् ।

सभापति देउवाले कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिकलाई सूचित गर्नु पर्ने भन्दै पार्टी संगठनलाई पनि सचेतना फैलाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment