Comments Add Comment

भैरहवामा नबिलको सजिलो एक्सप्रेस कर्जा योजना

१७ माघ, बुटवल । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रडक्टका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना ल्याएको छ । जोखिममा आधारित मूल्याङ्कनसहित क्रेडिट सेभिङ मोडल कर्जा प्राप्ताङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो ।

नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै प्रदेशमा लैजाने अभियानका क्रममा प्रदेश ५ को भैरहवामा शुक्रबार यो योजना उद्घाटन गरिएको छ । कर्जा योजना उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको आवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए । क्रेडिट स्कोरिङ विधिको प्रयोग गर्दै कर्जा स्वीकृत गर्ने तथा ब्याज दर तोक्ने नबिल बैंक पहिलो बैंक बन्न पुगेको उनको दाबी छ ।

त्यस अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले बैंकहरुले ग्राहकको सेवा र सुविधालाई प्राथमिकतामा राख्नुपर्ने सुझाए ।

सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशत व्याजदरमा यो कर्जा उपलब्ध बैंकले जनाएको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि रु. ७५ लाखसम्मको कर्जा प्रतिष्पर्धी ब्याजदरमा उपलब्ध गराइनेछ । ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको बैंकले जनाएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १०२ शाखा १४३ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment