+
+
Shares

पार्टी कार्यालय बनाउन नेकपाले माग्यो कार्यकर्तासँग एक दिनको कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १८:२९

१९ माघ,काठमाडौं । सत्तारुढ नेकपाले पार्टी केन्द्रीय कार्यालय भवन बनाउन पार्टीका सबै सदस्यहरुलाई एक दिनको तलब वा एक दिनको आम्दानी बराबरको सहयाग गर्न आग्रह गरेको छ । नेकपाले पार्टीका शुभेच्छुकहरुलाई दिल खोलेर सहयोग गर्न समेत अपिल गरेको छ ।

मदननगर बल्खुस्थित साबिक नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको ठाउँमा नेकपाको केन्द्रीय कार्यालय भवन बनाउने निर्णय यसअघिनै सचिवालय बैठकले गरिसकेको छ । बल्खुस्थित सो भवन २०७२ सालको भूकम्पमा कामै नलाग्ने गरि चर्किएपछि एमाले केन्द्रीय कार्यालय धुम्बाराही सरेको थियो ।

आगामी तीन महिनाभित्र केन्द्रीय कार्यालय भवन शिलान्यास गर्ने निर्णय समेत बैठकले गरेको छ । ११ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै समापन भएको नेकपा बैठकको ११ औं प्रस्तावमा भवन निर्माणबारे उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?