Comments Add Comment

कैलालीमा युवक मृत्यु प्रकरण : घटनाबारे छानविन गर्न माग गर्दै फेरि सडक अवरुद्ध

२० माघ, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-६ मा सोमबार पुनः सडक अवरुद्ध गरिएको छ ।

शनिबार पूर्व पश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका चौधरीको घटनाबारे छानविनको माग गर्दै मृतकका आफन्त तथा स्थानीयवासीले सडक अवरुद्ध पारेका हुन् ।

स्थानीयवासीले दुर्घटना गराउनेको पहिचान गरी कारबाही गर्नुपर्ने माग राख्दै आइतबार पनि बिहानैदेखि सडक अवरुद्ध गरेका थिए । सडक सुचारु गर्ने क्रममा झडप हुँदा ९ जना प्रहरी समेत घाइते भएका थिए ।

विवाद समाधानका लागि आइतबार साँझ सर्वदलीय बैठक बसेको भएपनि बैठक  विनानिष्कर्ष टुङ्गिएको थियो ।

यो पनि पढ्नुहोस कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ प्रहरी घाइते

प्रहरीले ठक्कर दिएको आशङ्कामा मोरकेर सेवा समाज लम्कीले सञ्चालन गरेको एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । ‘एम्बुलेन्स चालकलाई जिल्लामा ल्याइएको छ’ कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने, ‘एम्बुलेन्सबाटै घटना भएनभएको भन्ने विषयमाभने अहिले पनि छानविन भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment