Comments Add Comment

प्रदेश १ को प्रदेशसभा हिउँदे अधिवेशन आउँदो बिहीबारदेखि

२० माघ, विराटनगर । प्रदेश १ को प्रदेशसभाको पाँचौ अधिवेशन आगामी बिहीबार सुरु हुने भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बिहीबार अपरान्ह ३ बजेका लागि प्रदेश सरकार आह्वान गरेका हुन् ।

प्रदेशसभाको यो बैठकमा प्रदेशको नामाकरणको विषयले प्रवेश पाउने छ ।

प्रदेश सरकारले सबै दलको सहमति कायम गरी प्रदेशसभाको बैठकमा नामाकरणको प्रस्ताव लाने तयारी गरेको छ ।

प्रदेशको स्थायी राजधानी विराटनगरमा रहने टुङ्गो लगाएको १ नं प्रदेशले नामको बारेमा सहमति जुटन नसक्दा विलम्ब हुदै आएको छ ।

प्रदेश नामाकरणबाहेक यो अधिवेशन यो अधिवेशन विभिन्न विधेयकमाथि छलफल र पारित गर्नेमा केन्द्रित रहने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रदेशसभाको बर्खे अधिवेशन ९ असोजमा अन्त्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment