
News Summary
Generated by OK AI. Editorially reviewed.- विराटनगरमा नक्कली प्रहरी बनेर डाँका गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
- उनीहरूले पीडितलाई शरीर बन्धक बनाएर ३ लाख ६४ हजार रुपैयाँ लुटेका थिए।
- प्रहरीले उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
१७ असार, काठमाडौं । नक्कली प्रहरी बनेर शरीर बन्धक बनाई डाँका गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय समिर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।
विराटनगर महानगरपालिका–१३ रानीस्थित राइस मिल छेउमा सिटी सफारीमा सवार पुरूषलाई बन्धक बनाएर उनीहरुले डाँका गरेको आरोप छ ।
स्कुटरमा सवार उनीहरूले ती व्यक्तिलाई रोक्दै ‘हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौं, अनुसन्धान गर्नु छ’ भनेका थिए ।
त्यसपछि स्कुटरको बीचमा ती व्यक्तिलाई जबरजस्ती राखी विराटनगर महानगरपालिका–१४ जतुवास्थित एकान्त स्थलमा पुर्याई डर त्रास देखाई उनको साथमा रहेको ३ लाख ६४ हजार रूपैयाँ डाँका गरेको आरोप छ ।
गत बुधबार बिहान डाँका गरिएको थियो । यसबारे पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोटरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर शरीर बन्धक बनाएर डाँका गरेको कसुर मुद्दामा जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया 4