+
+
Shares

नक्कली प्रहरी बनेर एक लाख असुल्ने दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १३:०७

२८ कात्तिक, काठमाडौं । आफूलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी भन्दै अवैध रूपमा पैसा असुलेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ लालगढका ४१ वर्षीय रबीन कोइराला र धनकुटाको महालक्ष्मी नगरपालिका–७ का ३३ वर्षीय योगेन्द्र पौडेल छन् । उनीहरूले १६ कात्तिकको राति ९ बजेतिर काठमाडौंको कोटेश्वरस्थित एक होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई डरधम्की दिई पैसा असुलेको आरोप छ।

दुवैलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनीहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार होटलमा खाजा खाइरहेका दुई व्यक्तिलाई कोइराला र पौडेलले आफूहरू सीआईबीको प्रहरी भएको भन्दै धम्क्याएर ई–सेवामा जनही ५०–५०  हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएका थिए। उनीहरूसँग भएको नगद ६ हजार रुपैयाँ पनि लुटेका थिए।

प्रहरीले उनीहरूको साथबाट ११ थान पासपोर्ट, १३ थान आईडी कार्ड, ४ थान विभिन्न कार्यालयका छाप, ३ थान एटीएम कार्ड, नगद रसिदको ठेली ११ थान बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?