+
+
Shares

प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको डीएसपी भन्दै ठगी गरेको आरोपमा ज्ञानबहादुर लामा र रेवती ओझा पक्राउ परेका छन्।
  • उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ र अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको छ।

२८ जेठ, काठमाडौ । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो ।

हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए ।

पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

यसअघि १६ वैशाख २०७० मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?