News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय विक्रान्त केसीलाई प्रहरी भन्दै लुटपाट गरेको आरोपमा पक्राउ गरिएको छ।
- उनले २५ पुसमा सिनामंगलमा आफू प्रहरी बताउँदै लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए।
- पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, मुन्द्रा बरामद भएको छ।
३० पुस, काठमाडौं । प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् ।
उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताए ।
पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, मुन्द्रा बरामद भएको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4