+
+
Shares

प्रहरी बनेर ठग्ने २ जना बौद्धमा पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरुमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकाका औषधी पसलमा लागु औषध नियन्त्रण ब्यूरो प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङ छन्।
  • प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङ छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

लागुऔषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरु विरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?