+
+
Shares

‘बोधी रेडसन’मा नेपालीलाई ४० र विदेशीलाई ३० प्रतिशत छुट

टोपराज शर्मा टोपराज शर्मा
२०७६ माघ २० गते १६:१९

२० माघ, बुटवल । महंगो सेवाका कारण असधिकांश तारे होटेलहरु सर्वसाधारण र मध्यम वर्गको पहुँचभन्दा बाहिर छन् । तर नेपाल भ्रमण वर्ष र लुम्बिनी भ्रमण वर्षलाई लक्षित गर्दै भैरहवाको बोधी रेडसन होटेलले नेपाली ग्राहकहरुका लागि विशेष छुटसहितको प्याकेज योजना घोषणा गरेको छ । बोधी रेडसन यो चार तारे होटल हो ।

स्थानीय र आन्तरिक पर्यटकलाई लक्षित गरी होटेलले साविकको दररेटमा ४० प्रतिशत सस्तो हुने गरी छुट गरेको छ । अब बोधी रेडसनमा सात सय रुपैयांमा खाना र तीन हजार रुपैयांमा ब्रेकफास्टसहित कोठा उपलब्ध हुने द पिक हस्पिटालिटीका उपाध्यक्ष यादवप्रसाद पाण्डेले बताए ।

सांसद प्रमोद यादव स्वामित्वको यो होटेलको व्यवस्थापन एक वर्षदेखि द पिकले गरिरहेको छ । स्थानीय परिवेश र मध्यम वर्गका नेपालीको क्रय शक्तिलाई मध्यनजर गरेर ४० प्रतिशत छुट गरिएको पाण्डेले बताए ।

‘तारे होटेलहरु उच्च वर्गका र धनाढ्यका लागि मात्रै हुन् भन्ने मान्यतालाई तोड्न चाहन्छौं,’ पाण्डेले भने, ‘भ्रमण वर्षमा गरिएको यो छुटलाई निरन्तरता दिंदै सकेसम्म धेरै नेपालीको पहुंच बढाउने सोंचमा छौं ।’

विवाह भोज, सेमिनार जस्ता ठूला कार्यक्रमका लागि समेत होटेलले ग्राहकको क्षमता र माग अनुसार सस्तो मेनु बनाइदिने र कसैलाई पनि महंगो भनेर फर्किन नपर्ने पाण्डेले बताए ।

भ्रमण वर्षलाई लक्षित गरी भारतीय र तेस्रो मुलुकका पर्यटकका लागि पनि होटेलले ३० प्रतिशत छुटको घोषणा गरेको छ । यो छुटले विशेषगरी भारतको गोरखपुर,लखनउ जस्ता शहरका पर्यटकको आगमन बढ्ने व्यवस्थापन पक्षको अपेक्षा छ ।

‘भैरहवामा तेस्रो मुलुककाभन्दा भारतीय पर्यटक नै धेरै आउने र खर्च गर्न सक्छन्,’पाण्डेले भने,’यहां क्रस बोर्डर टुरिजमको राम्रो संभावना देखेर नै होटेलको व्यवस्थापन जिम्मा लिएका हौं ।’

व्यवस्थापन सम्हालेको एक वर्षमा होटेलको अकुपेन्सी २० प्रतिशतले बढेको र औसतमा वर्षभरि ६० प्रतिशत कोठा बुक भएको उनले बताए । यो वर्ष ७० प्रतिशत भन्दा बढी अकुपेन्सी हुने पाण्डेले बताए ।
होटेलमा सय वटा कोठा, १७ वटा तीन कोठे भिल्ला, एक हजार जना, पांच सय जना र ५० जना क्षमताका तीनवटा हल, दुई वटा रेष्टुरेन्ट र पश्चिम नेपालमै ठूलो सुविधायुक्त वाटर पार्क छ ।

होटेल परिसरमै साढे चार बिघा क्षेत्रफलमा १५ करोड रुपैयाँ लगानीमा सामुन्द्रिक छालयुक्त पोखरी (वेभ पूल) र दुई किलोमिटर लामो कृत्रिम नदीसहितको वाटर पार्कमा ५० जना र होटेलमा सय जनाले रोजगारी पाएका छन् ।

पार्कमा निकट भविष्यमै चिनियाँ प्रविधिको हिम वर्षा (स्नो फल) राख्ने योजना पनि रहेको पाण्डेले बताए । अझै १५ करोड लगानी थपेर पार्कलाई नेपालकै उत्कृष्ट र सुविधासम्पन्न बनाने होटेलको योजना छ ।

स्वदेशी र विदेशी तारे होटेलहरुमा झण्डै डेढ दशक काम गरेको अनुभव बटुलेका दीपक लेखक, विशन शाह, विवेक विष्ट र यादव पाण्डे सहित चारजना मिलेर हस्पिटालिटी क्षेत्रमा काम गर्ने गरी द पिक कम्पनी स्थापना गरेका हुन् ।

द पिकले अहिले भैरहवाको बोधी रेड सनसहित काठमाडौंमा एअरपोर्ट होटेल र आनन्द पशुपति होटेलको व्यवस्थापन सम्हालेको छ भने झापाको धुलाबारीमा पाँच तारे होटेल मेची क्राउन दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको द पिकका अध्यक्ष दीपक लेखकले बताए ।

‘नेपाली मौलिकपनसहितको हस्पिटालिटीलाई क्रमशः सातै प्रदेश र विदेशमा समेत पुर्‍याउने लक्ष्य छ,’उनले भने, ‘विदेशी होटेलको चेन नेपालमा मात्र हैन, नेपालको ब्राण्डलाई विदेशमा पुर्‍याउँछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?