+
+
Shares

म्याद गुज्रेको लड्डु बेच्ने बालुवाटारको आकाश फुड्सलाई ३ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सलाई अखाद्य वस्तु बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमनमा पानी पुरीमा प्रयोग हुने गन्हाएको करिब १०० ग्राम आलु र म्याद गुज्रेको विना चिनीको लड्डु ८ बट्टा फेला परेको विभागले जनाएको छ।
  • अनुगमन टोलीले गन्ध आएको आलु र उपभोग्य मिति समाप्त भएको लड्डु तत्काल नष्ट गरी व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न निर्देशन दिएको छ।

२६ भदौ, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित आकाश फुड्सले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएपछि ३ लाख रुपैयाँ जरिबाना तिराइएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ मा गरेको आकस्मिक बजार अनुगमनका क्रममा गन्हाएको आलु र म्याद गुज्रेको लड्डु फेला परेपछि कारबाही गरिएको हो ।

विभागका अनुसार अनुगमनमा आकाश फुड्समा गम्भीर स्वास्थ्य लापरबाही भेटिएको थियो । त्यहाँ पानी पुरीमा प्रयोग गरिने आलु (स्टफिङ) अस्वाभाविक रूपमा गन्हाएको अवस्थामा फेला परेको थियो ।

त्यसैगरी, पसलमा म्याद नाघेको विना चिनीको लड्डु ८ बट्टा भेटिएको थियो । उक्त लड्डुमा उत्पादन मिति २७ अगस्ट २०२५ उल्लेख भएको र १५ दिनभित्र (बेस्ट बिफोर १५ डेज’) उपभोग गरिसक्नुपर्ने भए पनि म्याद गुज्रिएर राखिएको अवस्थामा फेला परेको विभागले जनाएको छ ।

कैफियत भेटिएपछि अनुगमन टोलीले गन्ध आएको करिब १०० ग्राम आलु र उपभोग्य मिति समाप्त भएको ८ प्याकेट लड्डु तत्काल नष्ट गरेको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त व्यवसायलाई आगामी दिनमा अनिवार्य रूपमा खाद्य स्वच्छता कायम राख्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?