Comments Add Comment

नेकपा बैठकमा अब ओली र प्रचण्डका तस्वीर नराखिने

१९ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् ।

केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर मार्क्स, लेनिन र मनमोहन अधिकारीको फोटो नराखिएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए । समूहगत छलफलमा समेत यो विषय उठेपछि प्रचण्डले जवाफ र्दिका हुन् ।

उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन् । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने उनले बताए ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने र अबदेखि पार्टीका दस्तावेजमा कूटनीतिक मर्यादा अनुकुलका शब्दहरु मात्र राखिने बताएका छन् ।

पार्टीका बैठकहरु नियमित गर्ने र अब कमिकमजोरी हटाएर अघि बढ्ने जवाफ प्रचण्डले दिएका छन् । महासचिव बिष्णु पौडेलले संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि दुवै प्रतिवेदन सर्वसम्मत पारित भएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताए ।

यो पनि पढ्नुहोस नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment