+
+
Shares

प्रदेश २ स्तरीय गोल्डकपमा सप्तरी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २० गते १९:४३

२० माघ, वीरगञ्ज । वीरगञ्जमा जारी प्रदेश २ स्तरीय प्रथम गिरिजा प्रसाद कोइराला गोल्डकप फुटबल अन्तगर्त सोमबार भएको खेलमा सप्तरी विजयी भएको छ । आदर्शनगर स्थित रंगशालामा भएको खेलमा सर्लाहीलाई ३-२ गोल अन्तरले पराजित गर्दै सप्तरी विजयी भएको हो ।

खेलको ३७ औं मिनेटमा सप्तरीका दिवश श्रेष्ठले पहिलो गोल गरेका थिए । ५१ औं मिनेटमा दिवशले नै दोस्रो गोल गरे । सप्तरीका लागि ८२ औं मिनेटमा उज्जवल सिंहले तेस्रो गोल गरेका थिए ।

सर्लाहीका श्रवण लामाले ६१ औं मिनेटमा र दावा लामाले ८९ औं मिनेटमा १/१ गोल गरेपनि जित दिलाउन सकेनन् ।

सप्तरीका लागि दुई गोल गरेका दिवस श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मगंलबार बारा र सिराहाबीच खेल हुने आयोजकले जनाएको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?