
नायिका दिशा पटानी अभिनित चलचित्र ‘मलंग’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा उनी र नायक आदित्य राय कपुरको मुख्य भूमिका छ । चलचित्रमा नायिका दिशा पटानी हट अवतारमा देखिएकी छिन् । उनको हट अवतारलाई लिएर खुबै ट्रोल पनि बन्ने गर्दछ । दिशा यो कुरालाई आफूले सामान्य रुपमा हेर्न थालेको बताउँछिन् । उनी भन्छिन्–‘अब म यो कुराको भार लिन्नँ । किनकी, मलाई त बानी परिसक्यो ।’
उनले चुम्बन गर्न सहज नभएको बताइन् । एक भारतीय अनलाइनसँग कुरा गर्दै दिशाले भनिन्–‘म कुनै पनि नायकसँग चुम्बनको दृश्य गर्दा सहज महशुश गर्दिनँ । मानिसहरुलाई लाग्छ कि, चुम्बनको दृश्य गर्दा रमाइलो हुन्छ । तर, यस्तो हुँदैन । जतिबेला तपाई यस्तो दृश्य गर्नुहुन्छ, उक्त समयमा ठूला क्यामेरा तपाइको अगाडि हुन्छन् । ५० जना मानिस सेटमा हुन्छन् । यसैले, पनि यस्तो दृश्य गर्दा दबाब महशुश हुन्छ, कुनै रमाइलो हुँदैन ।’
दिशाले आफ्ना बारेमा लेखिएका राम्रा प्रतिक्रिया पनि पढ्न छाडेको बताएकी छिन् । दिशाले आफूलाई वास्तविक जीवनमा खाना खान खुबै मज्जा लाग्ने बताएकी छिन् । दिशाले आफूले गरेको कामलाई दर्शकले मन पराउँदा आनन्द मिल्ने पनि बताइन् । यस्तै, आफूलाई घरमा कुकुरसँग खेल्न रमाइलो लाग्ने दिशाले बताएकी छिन् ।
प्रतिक्रिया 4