Comments Add Comment

बागमती प्रदेशको खेलकुद विकास समितिका पदाधिकारीले लिए सपथ

२१ माघ, हेटौंडा । बागमती प्रदेश अन्तर्गतको १३ वटै जिल्लाका खेलकुद विकास समितिका पदाधिकारीले सपथ लिएका छन् । प्रदेश राजधानी हेटौंडास्थित सामाजिक विकास मन्त्रालयमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् सदस्यहरुले सपथ लिएका हुन् ।

चार सदस्यसहित अध्यक्षलाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणसंगै सम्बन्धित जिल्लाका अध्यक्ष र सदस्यलाई नियुक्ति पत्र समेत दिइएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालको अध्यक्षतामा बसेको प्रदेश खेलकुद विकास परिषद्ले गत माघ ७ गते १३ वटै जिल्ला खेलकुद विकास समितिको अध्यक्ष र सदस्य चयन गरेको थियो । खेलकुद विकास समितिमा १ अध्यक्ष र ४ सदस्य रहने व्यवस्था छ ।

कार्यक्रममा सामाजिक विकासमन्त्री युवराज दुलालले खेलक्षेत्र प्रदेश मातहतमा आएपछि देशमै पहिलोपटक बागमती प्रदेश सरकारले प्रदेश खेलकुद सम्बन्धी ऐन बनाई प्रदेश खेलकुद परिषद् स्थापना र जिल्लाको संरचना स्थापना गरेको बताए । उनले खेलकुद क्षेत्रको विकासमा सम्बन्धित खेलकुद पदाधिकारीहरुले दृढताका साथ लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment