Comments Add Comment

आइएमई ट्राभलले १४औं वाषिर्कोत्सव मनायो

२१ माघ, काठमाडौं । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आˆनो वाषिर्कोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ । योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रागर्ने १ जनालाई गोला प्रथाबाट छनोट गरी चन्ऽगिरि रिसोर्टमा एक (१) रातखाने-बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद गर्ने मध्यबाट १ जनालाई सोहीअनुरुप छनोट गरी माउन्टेन  फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइनेछ ।

उक्त योजना यहीं फेब्रुअरी मार्च र अपि्रलभर लागु हुनेछ । सेवाग्राहीमुखी उक्त योजना सार्वजनिक गर्दै आइएमई ट्राभलले आफ्नो २४औँ वाषिर्कोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको हो ।
आइएमई ट्राभलले पर्यटन क्षेत्रको समग्र बिकासको लागि सेवाग्राहीमुखी योजनाहरू सार्वजनिक गर्दै आफ्नो २४औं वाषिर्कोत्सव मनाएको हो ।

उक्त अवसरमा नेपालउद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायी मित्रहरुलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गरे ।

नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफुलाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे ।

उक्त अबसरमा आइएमई ट्राभल्सले पर्यटन बिकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा विस्तार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment