Comments Add Comment

ट्रम्पले मिलाएनन् तल्लो सदनकी सभामुखसँग हात

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीसँग हात मिलाउन इन्कार गरेका छन् ।

ट्रम्पले स्टेट अफ द युनियन सम्बोधन गर्नुअघि आफ्नो सम्बोधनको कपी पेलोसीलाई दिएका थिए । त्यो क्रममा पेलोसीले ट्रम्पतर्फ आफ्नो हात बढाएकी थिइन् ।

तर ट्रम्प पेलोसीलाई बेवास्ता गर्दै अघि बढेका थिए । ट्रम्पले हात नमिलाएपछि पेलोसी मुस्कुराएको भिडियोमा देख्न सकिन्छ ।

ट्रम्पले हात नमिलाएको जवाफ पेलोसीले ट्रम्पको सम्बोधन सकिएलगत्तै दिएकी छन् । ट्रम्पले सम्बोधन अघि उपलब्ध गराएको कपी च्यातेर उनले असन्तुष्टि पोखेकी हुन् ।
विपक्षीको बहुमत रहेको अमेरिकी तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो । यो महाभियोगमा पेलोसीको उल्लेख्य भूमिका छ । पेलोसीको भूमिकालाई लिएर रुष्ट ट्रम्पले आफ्नो असन्तुष्टि पोखेको ठानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment