Comments Add Comment

दुई वर्षमा सरकारकै उद्योगबाट फलाम उत्पादन हुन्छ : उद्योगमन्त्री भट्ट

२२ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दुई वर्षभित्रै सरकारी उद्योगबाट फलाम उत्पादन थालिने दाबी गरेका छन् । नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानी क्षेत्रको अवलोकन गर्दै मन्त्री भट्टले यस्तो बताएका हुन् ।

मन्त्रालयको उद्योग सम्बद्ध अधिकारी सम्मिलित अवलोकनमा उनले उद्योग सञ्चालनमा कुनै ढिलाइ नगर्न निर्देशन पनि दिए ।

फलाम उद्योग सञ्चालनका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले १ अर्ब विनियोजन गरिगरेको छ । एक वर्षभित्रै व्यावसायिक उत्पादन गर्ने दाबी गरिएको खानी उत्खनन र उद्योग स्थापनार्थ बजेटको कुनै कमी हुन नदिने अर्थमन्त्रालयले यस अघिनै प्रतिबद्ध जनाइसकेको छ ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक अध्ययन अनुसार हुप्सेकोट ५ को ४ स्थानमा १० करोड टन फलामको कच्चा पदार्थ रहेको अनुमान गरिएको छ ।

उक्त खानीबाट ४० प्रतिशत स्पोन्ज फलाम उत्पादन भएमा ४ करोड टन फलाम उत्पादन हुने मन्त्रालयको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment