Comments Add Comment

रामेछापकी प्रजिअ लिलाकुमारी पाण्डेको विदाई

२२ माघ, रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीलाई रामेछापबाट बुधबार विदाई गरिएको छ ।

पाण्डे १० महिनाअघि प्रमुख जिल्ला अधिकार भएर रामेछाप आएकी थिइन् । उनको गृह मन्त्रालयमा सरुवा भएको हो । दश महिने कार्यकालमा प्रजिअ पाण्डेले रामेछापको ४० वडामा पुगेर नागरिकका सुख-दुःख बुझेकी थिइन् । सबैभन्दा बढी नागरिकका बीचमा पुग्ने प्रजिअको रुपमा पाण्डेलाई रामेछापबासीले लिएका छन् ।

प्रजिअ पाण्डेको कार्यकालमा विविध विषयमा काम गर्न सहज भएको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले बताए ।

‘सुरुमा काम गर्न अप्ठेरो हुन्छ जस्तो लागेको थियो । तर काममा तदारुकता देखाउने उहाँको बानीले निक्कै प्रभावित बनायो,’ बस्नेतले भने ।

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्की पनि प्रजिअ पाण्डे अन्य प्रजिअहरु भन्दा फरक रहेको बताउँछन् । जनताको बीचमा पुग्ने र उनीहरुको समस्या बुझेर काम फुकाउने कुरामा प्रजिअ पाण्डे अब्बल भएको उनले बताए ।

‘राजनीतिक दलका नेताहरु नागरिकको घर दैलोमा पुग्नु पर्ने हो, पुग्न सकिएको छैन । तर पाण्डे नागरिकका घरदैलोमा पुग्नु भयो । यो नयाँ अभ्यास र अरुका लागि नयाँ सिकाई पनि हो,’ कार्कीले भने ।

प्रजिअ पाण्डेको विदाई गर्नुअघि जिल्ला प्रशासन कार्यालयले उनको कार्यकालमा सम्पादान भएका कार्यको प्रगति विवरण सार्वजनिक गरेको थियो । जस अनुसार रामेछापको ६४ वडा मध्ये ४० वडामा वडा स्तरीय र ८ मध्ये ५ वटा पालिकामा स्थानीयसँग सेवा प्रवाह र नागरिकका गुनासाबारे अन्तर्क्रिया आयोजना गरिएको थियो ।

यसैगरी भ्रष्टाचारका ३० वटा मध्ये १७ वटा उजुरी फर्छौट गरिएको, जिल्लाका सरकारी र सामजिक संस्थाहरुको सार्वजनिक सुनुवाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment