Comments Add Comment

गर्भावस्थामा चकलेट सेवन, लाभ कि हानी ?

गर्भावस्थामा खानेकुराको तलतल लाग्छ । अमिलो, पिरो, गुलियो खानेकुरा खान मन लाग्छ ।  आइसक्रिम, चक्लेट, पानीपुरी, चाट, जंक फूड आदि त्यस्ता खानेकुराहरु हुन्, जुन गर्भावस्थामा खान मन लाग्छ ।

भन्नेहरु भन्छन्, गर्भावस्थामा जे खान मन लाग्छ, भरपेट खानुपर्छ । खान मन लागेको कुरा खाइएन भने र्‍याल चुहाउने बच्चा जन्मिन्छ । यद्यपि चिकित्सकहरुको राय फरक छ । उनीहरु भन्छन्, गर्भावस्थामा स्वस्थ्य, ताजा, पोषिलो, मौसमी खानेकुरा खानुपर्छ । गर्भावस्थामा खराब खानपान र जीवनशैली अपनाइयो भने त्यसको नकारात्मक प्रभाव गर्भको बच्चामा पर्छ ।

चक्लेट खाने लोभ

गर्भवती भएको समयमा बेलाबखत चकलेट यति धेरै खान मन लाग्छ, केवल चक्लेट मात्र खाइरहुँ जस्तो हुन्छ । तर तपाईंको त्यस्तो चाहनाले गर्भमा रहेको बच्चालाई हानी गर्ने त होइन ? यदि तपाईंको मनमा पनि यसप्रकारको प्रश्न रहेको छ भने तल दिएको कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

यसबारेमा अहिलेसम्म विभिन्न अध्ययनहरु भैसकेका छन् । जसमा गर्भवती महिलाले गर्भधारणको समयमा धेरै चक्लेटको सेवन गर्नु हुन्छ कि हुँदैन भन्ने कुरा पत्ता लगाउने कोशिश गरिएको थियो । गर्भवती भएको समयमा चक्लेट खानाले तपाईं गर्भमा रहेको बच्चाको विकासमा सहयोग पुग्छ भन्ने कुरा यी अध्ययनहरुबाट थाहा भएको छ ।

त्यसैले गर्भवती भएको समयमा चक्लेट खानु सुरक्षित छ, तर एउटा सीमामा रहेर चक्लेटको सेवन गर्नु पर्छ । किनभने चक्लेटमा भएको क्याफीन धेरै भयो भने त्यसले बच्चालाई हानी पुर्‍याउन सक्छ । त्यस्तै चक्लेट धेरै खानाले तपाईलाई भोक लाग्दैन । जसका कारण तपाईं कुनै पनि प्रकारको राम्रो खानेकुरा खान सक्नु हुन्न ।

चक्लेट कति खाने ?

गर्भधारणको समयमा कति मात्रामा चक्लेटको सेवन गर्ने भन्ने कुरा पूर्ण रुपमा तपाईंको स्वास्थ्ामा निर्भर गर्छ र त्यसका लागि डाक्टरसंग पनि सल्लाह गर्नु पर्छ । डाक्टरले नै तपाईंको लागि चक्लेट कति मात्रामा खानु उपयुक्त हुन्छ भन्ने कुरा बताउन सक्छन् । साथै प्रोसेस्ड चक्लेटको सेवनभन्दा प्योर चक्लेटको सेवन गर्नु उपयुक्त हुन्छ ।

कस्तो प्रकारको चक्लेट राम्रो हुन्छ ?

डार्क चक्लेट गर्भवती महिलाहरुका लागि उपयुक्त मानिन्छ, किनभने त्यस प्रकारको चक्लेट गर्भवती महिला र उनको गर्भमा रहेको शिशु दुवैको स्वास्थ्यका लागि फाइदाजनक छ । यदि तपाईंले बजारमा स्वीट रनर्स र रिफाइन्ड चिनी कम भएको चक्लेट पाउनु भयो भने त्यस प्रकारको चक्लेट तपाईंका  लागि अति उत्तम हुन्छ ।

प्रिक्लेम्पिसायाको समस्या हुन्छ ?

चक्लेट खानाले तपाईंको बच्चा स्वास्थ हुने मात्र नभएर पि्रक्लेम्पिसाया अर्थात गर्भधारणको समयमा अचानक ब्लड प्रेशर र प्रोटीनको स्तन बढ्ने समस्या पनि कम हुन्छ । यसको साथै प्लासेन्टा, जसले आमाको शरीरबाट पोषक तत्वहरुलाई बच्चासम्म पुर्‍याउने कार्य पनि राम्रो तरीकाले हुन्छ ।

एन्टि-अक्सिडेन्टहरुको स्रोत

चक्लेट एन्टि-अक्सिडेन्टको पनि राम्रो स्रोत हो, जसले गर्भवती महिलाको प्रतिरोधात्मक स्तर सुर्धान सहयोग गर्छ ।

तनाव कम गर्छ

डार्क चक्लेटले तपाईंको मुडलाई खुशी बनाउने काम गर्छ अर्थात यसलाई खानाले तपाईंको तनाव कम हुन्छ । मूड राम्रो हुनका साथै दिमागमा पनि इन्ड्रोफिन र सेरोटोनिनको स्तर पनि बढ्छ । त्यसका साथै चक्लेट खानाले थकान पनि कम हुन्छ ।

तपाईंको बच्चा पनि खुशी हुन्छ

जुन महिलाहरु गर्भवती भएको समयमा डार्क चक्लेट खान्छन्, उनीहरु कुनै पनि प्रकारकोे मातृत्व तनावबाट बच्न सक्छन् र उनीहरुको बच्चा जन्मेपछि खुशी रहने स्वभावको हुन्छ भन्ने कुरा विभिन्न सर्वेक्षणहरुले प्रमाणित गरिसकेको छ ।

मिसक्यारेजको खतरा कम हुन्छ

विभिन्न सर्वेक्षण अनुसार गर्भवती महिलाहरु, जसले दिनहुँ एउटा सीमामा रहेर चक्लेटको सेवन गर्छन्, उनीहरुमा गर्भधारण भएको शुरुवाती तीन महिनामा मिसक्यारेज हुने खतरा २० प्रतिशतसम्म कम हुन्छ भन्ने कुरा प्रमाणित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment