Comments Add Comment

निजगढ विमानस्थल अर्जुनदृष्टी हो, नबनाई सुखै छैन : पर्यटनमन्त्री

२२, माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल सरकारको अर्जुनदृष्टि रहेको भन्दै कुनै पनि हालतमा बन्ने बताएका छन् । काठमाडौंको अधिक ट्राफिक चाप घटाउन र मुलुकको समग्र विकासका लागि यो आयोजनाको विकल्प नरहेको उनको भनाइ छ ।

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले निजगढ नेपालको गेमचेन्जर आयोजना भएको समेत उल्लेख गरे । यो आयोजना निर्माणमा सम्पूर्ण नेपालको एक मत हुनुपर्ने भन्दै कोही पनि आयोजनाबाट भाग्न नसक्ने बताए ।

यसै वर्ष भित्र गौतमवुद्द विमानस्थल र पोखरा विमानस्थल संचालनमा आउने गरि निर्माण अगाडी बढेको भन्दै यी आयोजनाले समेत निजगढको विकल्प भने दिन नसक्ने मन्त्री भट्टराईको भनाइ छ ।

आगामी ५ वर्ष भित्र निजगढ विमानस्थल निर्माण भइ सञ्चालनमा ल्याउनै पर्न उनले उल्लेख गरे । यसअवधिमा नेपालको हवाई क्षमता निकै उच्च स्तरको भइसक्ने भन्दै उनले त्यसपछि वाषिर्क १ करोड पर्यटक आउने वातावरण तयार हुने उनको भनाइ छ ।

‘अहिले हामी २० लाख पनि ल्याउन सकिन्छ कि सकिदैन भन्ने बहसमा छौं,’ उनले भने ‘अबको ५ वर्ष भित्र १ करोड पर्यटक आउने वातावरण बन्छ ।

निजगढ विमानस्थल निर्माणबारे वन मन्त्रालयले काट्नु पर्ने रुखको सङ्ख्या यकिन गर्न थालिसकेको उनले जानकारी दिए । भैरहवामा निर्माणाधित विमानस्थलका सबै काम एक साथ अगाडी बढेको भन्दै उनले आगामी मार्चसम्म सञ्चालनमा आउने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment