Comments Add Comment

कांग्रेसको ‘केजीबी’ समूह नै फन्दामा, मुद्दा चल्ने भएपछि गच्छदारको दिनभर दौडधुप

२३ माघ, काठमाडौं । बालुवाटारस्थित १ सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा १७६ विरुद्ध अख्तियारले गरेका मुद्दा दायरमाथि आजका सबै दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बहुचर्चिच ललिता निवास जग्गा अनियमिततामा संलग्नविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । जसमा पूर्वमन्त्रीलगायत छन् । उनीहरूसँग नौ अर्ब आठ करोड १४ लाख बिगो माग गरिएको छ ।

‘हाइप्रोफाइल भ्रष्टाचार मुद्दा’ शीर्षकमा नयाँ पत्रिकाले आज व्यानर समाचार लेखेको छ । समाचार अनुसार, एकैपटक यति धेरै प्रभावशाली व्यक्तिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दाय गरिएको यो पहिलोपटक हो ।

यो विषयका कतिपय अन्तरकुन्तर पनि नयाँ पत्रिकाले केलाएको छ । नयाँ पत्रिकाका अनुसार, अख्तियारले भ्रष्टाचार मुद्दद्दा दायर गर्ने संकेत पाएपछि कांग्रेस उपसभापति विजय गच्छदार बुधबार दौडधुपमा थिए । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीलाई भेटेका गच्छदारले दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर भेटेका थिए । गच्छदारको सचिवालयलाई उद्धृत गर्दै नयाँ पत्रिकाले लेखेको समाचार अनुसार, गच्छदार अपराह्न ४ देखि ६ बजेसम्म पुनः देउवानिवास बूढानीलकण्ठमा थिए ।

नयाँ पत्रिका लेख्छ– गच्छदारलाई मुद्दा लागेपछि कुनै समयको प्रभावशाली समूह ‘केजीबी’ अख्तियारको फन्दामा परेको छ । ०४८ पछि खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदारलाई केजीबी समूहका रूपमा चिनिन्थ्यो र यो समूह कांग्रेसमा प्रभावशाली मानिन्थ्यो ।’ अख्तियारकै मुद्दामा खुमबहादुर जेल बसे, गोविन्दराज मुद्दा सर्वोच्चमा छ भने गच्छदारविरुद्ध पनि मुद्दा दायर भएको छ ।

कान्तिपुरले ललितानिवास जग्गा प्रकरणमा १ सय १० विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको लेखेको छ । समाचार अनुसार, ६५ जनालाई सरकारी जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

भ्रष्टाचार मुद्दा लागेका विजय गच्छदारबारेको एक सामग्री पनि कान्तिपुरले छापेको छ ।

बालुवाटार जग्गा प्रकरणमाथि व्यानर समाचार लेखेको अन्नपूर्णले कोरोना संक्रमणका कारण चिनियाँ पर्यटक नआउने भएपछि सरकार नयाँ विकल्पको खोजीमा लागेको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment