+
+

सामाजिक सञ्जालको विज्ञापनबाट वर्षमा ५ अर्ब बाहिरिन्छ : राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २३ गते ११:४९

२२ माघ, काठमाडौं । सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ हाराहारीमा रकम विदेशीने नेपाल राष्ट्र बैंकले बताएको छ ।

बुधबार मौदि्रक नीतिको समीक्षाका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ५ अर्ब रुपैयाँ विदेशीने गरेको अनौपचारिक तथ्यांकले देखाएको बताएका हुन् ।

उनले ठूलो परिमाणमा अवैधानिक च्यानलबाट रकम भित्रने गरेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताए ।

केहि दिनअघि सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनको भुक्तानी वैधानिक च्यानलबाट नभए मुद्रा अपचलनको मुद्दा चलाउने बताएको थियो ।

मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी  भइरहेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।

‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ, त्यो गैरकानूनी हो’ मिश्रले भने, ‘यसरी भुक्तानी गरे विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिए ।

तर विज्ञापन गरिएको वा विज्ञापन गरेर बुस्ट गरिएकै आधारमा भने कारबाही गर्न नखोजिएको उनले बताए । ‘कसैले विज्ञापन गर्न खोज्छ भने पाउँछ, यदि नपाउने कुनै ऐनमा छ भने नपाउला,’ उनले भने, ‘तर विज्ञापन गरेबापत विदेशी मुद्राको भुक्तानी दायित्व खडा हुन्छ भने यो नियम आकषिर्त हुन्छ ।’

विदेशी मुद्राको कारोबार गरी गैरकानूनी हिसाबले भुक्तानी भने दिन नपाइने उनले बताए । भुक्तानी दिँदा वा लिँदा वैधानिक च्यानल प्रयोग गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको कारोबार भए अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने मिश्रले बताए ।

यसलाई अझ पारदर्शी बनाउनका लागि कार्यविधि बनाउने तयारी भइरहेको उनले बताए । अहिले यस विषयमा राष्ट्र बैंकले सरोकारवालासँग छलफल समेत गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?