Comments Add Comment

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा फेरि सुमन

२३ माघ, बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा रमेश अर्याल छन् । त्यस्तै सदस्यहरुमा दिनेशकुमार श्रेष्ठ, रवीन्द्र प्रताप गुप्ता, कपिल अधिकारी र फुलु सुनार छन् भने यस्तै कृष्ण खनाल र कृष्णा भण्डारी मनोनित सदस्यमा चयन भएका छन् ।

नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओमकुमार जैशीले चलचित्र ,हल , फिल्म पत्रकार एक अर्काका परिपूरक रहेको बताए ।

कार्यक्रममा संस्थाका सचिव रमेश अर्याल र कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पुस मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment