Comments Add Comment

पुलिस र डायमन्ड विजयी

२३ माघ, काठमाडौं । विभागीय नेपाल पुलिस क्लब र होङग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब १५औं सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको पहिलो लिगमा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा पुलिसले तीन इरानी खेलाडी सम्मिलित चितवत टाइग्रेसलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

एकपक्षीय खेलमा पुलिसले चितवनमाथि २५-१५, २५-१४ र २५-१४ को सहज जित निकाल्यो । पुलिसको यो सातौ जित हो । जितसँगै पुलिसले शीर्षस्थानको नेपाल एपीएफ क्लबसँगको अंक दुरी १ मा झारेको छ ।

शीर्षस्थानको एपीएफको २३ तथा पुलिसको २२ अंक छ । न्यु डायमन्डले चितवनमाथि नै ३-० को सोझो सेटमा जित निकाल्यो ।

एकपक्षीय खेलमा डायमन्ड २५-१५, २५-१७ र २५-१९ को सेटमा विजयी भयो । जितसँगै डायमन्ड ७ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा छ ।

बिहीबार दोहोरो हार बेहोरेको चितवन ७ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ । अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबमाथि २५-१३, २५-१२ र २५-१० को सहज जित निकालेको छ । आर्मी १८ अंकसहित तेस्रो स्थानमा छ ।

चुलीले लिगमा पहिलो जित हात पार्ने क्रममा सामाखुशी इंग्लिस स्कुल (सेव)माथि ३-२ को रोमाञ्चक जित निकालेको छ । चुलीले सेवमाथि २५-७, २०-२५, २५-११, १७-२५ र १५-६ को जित निकाल्यो । यससँगै चुलीको २ तथा सेवको १ अंक जोडेको छ ।

अर्को खेलमा बुलबुले रारा भलिबल क्लब (बीआरसी)ले आयोजक ढोरपाटनमाथि २५-१७, २५-९ र २५-१९ को सहज जित हात पारेको छ । बीआरसी १४ अंक जोडेर पाँचौ तथा सेव ढोरपाटन ९ अंक जोडेर साँतौ स्थानमा छ ।

प्रतियोगितामा शुक्रबार चार खेल हुने आयोजकले जनाएको छ । लाइट प्रोटेस्टका कारण डायमन्ड र बुलबुलेबीचको खेल शनिबार हुने आयोजकले जनाएको छ । शनिबार देखि नै दोस्रो लिगको खेल सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment