Comments Add Comment

अख्तियारविरुद्ध कांग्रेसले भ्रातृ संगठनलाई सडकमा उतार्ने

२३ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध भ्राृत संगठनलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

ललितानिवास जग्गा प्रकरणमा पार्टी उपसभापति विजय गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुुद्दा लगाइएको भन्दै कांग्रेसले भ्रातृ संगठनको अगुवाईमा आन्दोलन गर्ने भएको हो ।

आरोपित गच्छदारसँगै अर्का उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुले बिहीबार भ्रातृ संगठनहरुको बैठक राखेर आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतकाअनुसार भोलि १ बजे नेवि संघको संयोजनमा माइतीघर मण्डलामा र्‍याली निकाइनेछ । आइतबार तरुण दलको संयोजनमा देशभर र्‍याली तथा विरोध प्रदर्शन हुनेछ । बस्नेत भन्छन्, ‘राजनीतिक पूर्वाग्रहका आधारमा मुद्धा चलाएकाले अख्तियारविरुद्ध आन्दोलन गर्न लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment