Comments Add Comment

योगीकुटीमा ६ करोड लगानीमा खुल्यो होटल

२४ माघ, बुटवल । तिलोत्तमा नगरपालिकाको योगीकुटीमा ६ करोड रुपैयाँ लगानीमा होटल द बुटवल भ्यू सञ्चालनमा आएको छ । पाँच जनाको संयुक्त लगानीमा सुरु भएको होटलमा वातानुकुलित ३५ वटा कोठा छन् ।

होटलमा एकबहादुर गाहा, बुद्धबहादुर सूर्यवंशी, खेमबहादुर थापा, मदनलाल बसेल र विनोदकुमार नेपालीले लगानी गरेका छन् ।

भैरहवामा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नती र बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्दै गरेकाले आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी होटलमा लगानी गरिएको होटलका अध्यक्ष एकबहादुर गाहाले बताए ।

सिद्धार्थ राजमार्गसँगै जोडिएको होटलमा सेमिनार हल, ब्याङ्क्वेट र लाइभ म्युजिक क्लबसमेत छन् । होटेलले बुटवल क्षेत्रमै पहिलोपटक चौबीसै घण्टा सेवा दिने घोषणा गरेको छ ।

विशेष गरी रातको समयमा होटल नखुल्दा पाहुना र सेवाग्राहीले सेवा नपाएर अन्यत्र पुग्नुपर्ने वाध्यतालाई मध्यनजर गरी रात्रीकालीन सेवा पनि सुरु गरिएको दिन थालेको सञ्चालक खेम थापाले बताए । ‘रातको जुनसुकै समयमा आउने ग्राहकले पनि सेवा पाउने छन्,’ थापाले भने ।

होटलले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment