Comments Add Comment

तपस्वी बमजनलाई सिन्धुलीको आश्रममा नभेटेपछि फर्कियो प्रहरी

२४ माघ, काठमाडौं । तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ । सिन्धुलीको सिन्धुलीमाडीस्थित बमजनको आश्रममा शुक्रबार विहान पुगेको प्रहरी टोली उनलाई नभेटेपछि फर्किएको हो ।

सिन्धुलीमाडीमा भएको आशंकामा उनलाई खोज्न जिल्ला प्रहरी कार्यालयको टोली आश्रम गए पनि नभेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । ‘यहीँको आश्रममा भएको आशंकामा टोली पुगेको थियो, तर उनी आश्रममा रहेनछन्’ उनले भने ।

बमजनमाथि आश्रमबाट अनुयायी बेपत्ता पारेको उजुरी परेको छ । उनको आश्रममा गएका ४ जनाको अभिभावकले आफ्ना सन्तान बेपत्ता भएको भनी प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले उनलाई खोजी गरे पनि अहिलेसम्म नभेटिएको बताइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment