Comments Add Comment

विभूषण लिन नजाने चार सयभन्दा बढीको नामावली सार्वजनिक (सूचीसहित)

२४ माघ, काठमाडौं । सरकारले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण ग्रहण गर्न नजाने ४३८ जनाको नामावली सार्वजनिक गरेको छ । २०६७ साल यता घोषणा भएका सुकीर्ति पदकदेखि उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक लिन नजानेहरू २४६ जना छन् ।

त्यस्तै, १९२ जनाले संविधानसभा पदक लिन गएका छैनन् । २०६४ र २०७० साल संविधानसभा सदस्य बनेकाहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठमा संविधानसभा पदक प्रदान गरेकी थिइन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास क्याम्पाको जग्गा विवादमा विशेष अदालतमा मुद्दा दायर गरेका भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मिनबहादुर गुरुङ पनि पदक लिन नजानेको सूचिमा छन् । उनलाई सरकारले २०६७ सालमा प्रवल जनसेवा श्री विभुषणका लागि चयन गरेको थियो ।

पूर्व मन्त्री चन्द्रदेव जोशी पनि संविधानसभा पदक लिन गएका छैनन् । उनलाई पनि अख्तियारले ललिता निवास प्रकरणमा प्रतिवादी बनाएको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेताहरू खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर, उमा भुजेललगायतको नाम पनि संविधानसभा पदक लिन बाँकीहरूको सूचीमा छ ।

संविधानसभा पदक लिन बाँकीको सूचीमा दिवंगत पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापाको नाम पनि छ । उज्ज्वल कीर्तिमय राष्ट्रदीप लिन नगएका मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको पनि निधन भइसकेको छ ।

विभूषण लिन नजाने सभासदहरुको सूची 

विभूषण लिन नजाने अन्यको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment