Comments Add Comment

सुनको मूल्य ४ सयले बढ्यो   

२४ माघ, काठमाडौँ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु ४ सयले बढेको छ ।

महासंघले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३ सय तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २ सय र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment