+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको मृत्यु   

रासस रासस
२०७६ माघ २४ गते १५:४९

२४ माघ, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।

घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”

उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?