+
+
Shares

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १०:३१

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

सुत्केरी व्यथाले च्यापेपछि उनलाई सोमबार जिल्ला अस्पताल डोल्पा पुर्‍याइएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाउनुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

हिजोदेखि गम्भीर अवस्थामा रहेकी बुढालाई मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?