Comments Add Comment

कन्स्टेलेसन कपको उपाधि भ्याली पब्लिकले जित्यो

२४ माघ, काठमाडौं । कन्स्टेलेसन एकाडेमिक गार्डेन हाई स्कुलले आयोजना गरेको उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि भ्याली पब्लिक स्कुलले जितेको छ ।

माघ १७ देखि २४ गतेसम्म सञ्चालन भएको प्रतियोगिाको छात्र र छात्रा दुबै तर्फको बास्केटबल प्रतियोगिता भ्याली पब्लिकले जितेको हो ।

प्रतियोगिताको छात्रतर्फ नवजीवन स्कुल र छात्रातर्फ ग्रीनल्याण्ड स्कूल उपविजेता बने । विजेता विद्यालय र खेलाडीलाई बाग्मती प्रदेशसभाका सांसद नारायण सिलवाल, आयोजक कन्स्टेलेसन एकाडेमिक गार्डेन हाई स्कुलका अध्यक्ष अन्जन श्रेष्ठलगायतले पुरस्कार वितरण गरे ।

काठमाडौं धुम्बाराहीको कन्सटेलेसन स्कुलले २८ औ वार्षिक उत्सव तथा अभिभावक सम्मेलनको अवसरमा बास्केटबल प्रतियोगिता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment